काठमाडौं । वरिष्ठ अभिनेत्रीद्वय चैत्यदेवी र वसुन्धरा भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
उनीहरुले शुक्रबार बालकोट निवास पुगेर ओलीसँग भेट गरेका हुन् ।
विवादास्पद सिभिल सहकारीमा फसेको निक्षेप फिर्ता ल्याउन मद्दत माग्दै अभिनेत्रीद्वयसहित २५ जना पीडित ओली निवास बालकोट पुगेका थिए ।
सहकारीका सञ्चालक इच्छाराज तामाङ एमालेका पूर्वसांसद समेत हुन् । ओलीको मद्दत भए सबै पैसा उठ्ने आस आफूहरूको रहेको भुसालको भनाई छ ।
Leave a Reply