Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकियो, फैसला लेख्न बाँकी

    गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकियो, फैसला लेख्न बाँकी

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 597
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।

    शुक्रबार संवैधानिक इजलासमा लामिछानेका वकिलहरूले बहस र रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो।



    आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गरेका थिए । संवैधानिक इजलासमा आज रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरु आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका छन् ।



    यस्तै निवेदकको पक्षबाट सुरेन्द्र भण्डारी, रमन कर्ण, अनिता श्रेष्ठ, सन्तोष भण्डारी र कीर्तिनाथ शर्मा पौडेलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको छ । बहस सकिए पनि आज नै संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्नबारे कुनै तय भएको छ ।

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो । मुद्दाको आदेशबारे न्यायाधीशहरू फैसलामा जुटेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार