काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ ।
कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट लाभांश नदिने भएको हो ।
अब राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ ।
कम्पनीले गत वर्ष १९ प्रतिशत बोनस र एक प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश विवरण गरेको थियो ।
Leave a Reply