Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी स्थायी समिति बैठक जारी

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बसिरहेको छ ।

कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय पार्टी कार्यालयमा बसिरहेको बैठकमा पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा राष्ट्रपति चयन गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ ।

साथै बिहीबार प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा भएको छलफलबारे अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउने छन् ।

माओवादी स्थायी समितिको बैठक बिहीबारबट सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077