Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • न्यायाधीश खतिवडाको प्रश्न – नागरिकता नीति कमजोर बनाउँदा राष्ट्रियता बलियो हुन्छ ?

    न्यायाधीश खतिवडाको प्रश्न – नागरिकता नीति कमजोर बनाउँदा राष्ट्रियता बलियो हुन्छ ?

    रविले अमेरिकी नागरिक हुँदाहुँदै नेपाली राहदानी बनाएको कुरा स्थापित तथ्य हो

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 588
    SHARES

    काठमाडौं । काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

    अन्तिम दिनको सुनुवाइका लागि सर्वोच्च अदालतले तोके बमोजिम आजको सुनुवाइ सुरु भएको हो । बहसमा न्यायाधीश ईश्वर खतिवडाले अमेरिकी नागरिक रहेकै अवस्थामा रविले नेपाली पासपोर्ट निकालेको स्थापित तथ्य भएको बताए ।



    लामिछानेको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता नरेन्द्र केसीलाई जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।



    खतिवडाले भने, ‘सन् २०१४ मा उनले अमेरिकी नागरिकता लिएको, २०१५ मा नेपाली नागरिकताको प्रयोग गरेर पासपोर्ट निकालेको र २०१८ मा अमेरिकी नागरिकता त्यागेको स्थापित तथ्य हो ।’

    वरिष्ठ अधिवक्ता केसीले नागरिकता नीतिलाई अनावश्यक कठोर बनाएर पञ्चायतकालीन अवस्थामा फर्किने हो त भन्दै प्रश्न गरेका थिए । त्यसमा पनि न्यायधीश खतिवडाले जवाफ फर्काए ।

    उनले भने, ‘नागरिकता नीति कमजोर बनाउँदा राष्ट्रियता बलियो हुन्छ ? कहाँबाट आयो पञ्चायत फर्काउने कुरा ?’

    अहिले रविका वकिलहरूको बहस जारी रहेको छ । उनले नेपालको नागरिकता परित्याग गरिसकेपछि पुनः प्राप्तिका लागि आवश्यक प्रक्रिया पनि नअपनाएको कारण उनको सांसद पदको उमेदवारी नै खारेज गर्न माग गर्दै उजुरी परेको थियो

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार