Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीको स्थायी कमिटी बैठक सुरु, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाडाँमा स्थायी कमिटी बैठक सुरु भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

बिहीबारको बैठकमा प्रधानमन्त्री समेत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रस्ताव राखेका थिए । साथै बैठकमा उनले फेरिएको राजनीतिक समीकरण र राष्ट्रपति निर्वाचनबारे सुझाव दिन स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरेका थिए ।

आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, विभिन्न पार्टीहरुसँग भएको एकता प्रक्रिया, राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन लगायतमा छलफल हुने बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077