Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • एक सयभन्दा बढी राहदानीसहित दिल्ली उड्न लागेका दुईजना पक्राउ

    एक सयभन्दा बढी राहदानीसहित दिल्ली उड्न लागेका दुईजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 723
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १०१ थान राहदानी र चारित्रिक प्रमाणपत्रसहित दुई जनालाई पक्राउ गरेको छ ।

    अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको राहदानी १ सय १ थान र प्रहरी चारित्रिक प्रमाणपत्र पुलिस रिपोर्ट ७९ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।



    नेपाल एयरलाइन्सको उडानबाट दिल्ली जान लागेका उनीहरूको लगेजलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पछाडि ब्यागेज एरियामा एक्सरे गर्ने क्रममा लगेजबाट शङ्कास्पद रूपमा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेको थियो ।



    थप सोधपुछको क्रममा उक्त राहदानीहरु रोमानियामा भिषा स्ट्याम्पिङ गर्नको लागि लान लागेको भनेर बैदेशिक रोजगार बिभागबाट जारी भएको भिषा स्ट्याम्पिङ निर्णय फाराम पेश गरेको थियो ।

    तर अनुसन्धान गर्दा उक्त फाराममा उल्लेखित विवरण भएको राहदानीहरु र उनीहरुको साथबाट बरामद भएको राहदानीहरुको विवरण फरक पर्न आएको छ ।उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार