Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना

    सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 555
    SHARES

    सिराहा । राष्ट्रिय सूचना आयोगले सिराहा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई जरिवाना गरेको छ ।

    नागरिकले माग गरेको सूचना उपलब्ध नगराएको भन्दै प्रशासकीय अधिकृत यादवलाई १५ हजार रुपैयाँ जरिवाना गरेको हो ।



    सिराहा नगरपालिका-७ निवासी परशुराम साहले सिराहा नगरपालिका कार्यालयसँग सूचना माग गरेका थिए । तर सूचना नपाएपछि २३ जेठ २०७९ मा कार्यालय प्रमुखविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका थिए ।



    त्यसयता सूचना उपलब्ध गराउन पटक-पटक राष्ट्रिय सूचना आयोगबाट भएको आदेशलाई बेवास्ता गरेको भन्दै प्रशासकीय अधिकृत यादवलाई कारबाही गरिएको आयोगले बताएको छ ।

    सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ मा हरेक सरकारी तथा सारर्वजनिक नियकाबाट सार्वजनिक महत्वको सूचना पाउने प्रत्येक नेपाली नागरिकको मौलिक हक रहेको उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार