कैलाली । कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ चौकीडाँडा भित्रि सडकखण्डमा मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको हो ।
बिहीवार साँझ सु.प.प्र ०१००९ प २३०८ नम्बरको मोटरसाइकलको ठक्करबाट चन्द घाइते भएकी थिइन्। उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले ठक्कर दिने मोटरसाइकलका चालक सुरेन्द्र भण्डारी घाइते भएका बताए । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।