Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री लामिछाने र मेयर बालेनबीच भेटवार्ता, सुकुम्बासी ब्यवस्थापनबारे छलफल

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच भेट भएको छ।

बिहीबार गृहमन्त्री लामिछाने र महानगरपालिका प्रमुख साहबीच भेटवार्ता भएको हो ।

उक्त भेट महानगरभित्रको सुकुम्बासी समस्या समाधान कसरी गर्ने भन्ने विषयमा केन्द्रित रहेको बताइएको छ।

स्रोतका अनुसार गृहमन्त्री लामिछाने महानगरको सुकुम्बासी समस्या समाधानका लागि सकारात्मक देखिएका छन्।

केही समय पहिले महानगरले गृह मन्त्रालयलाई सुकुम्बासी समस्या समाधान गर्नका लागि सहयोग गर्न पत्राचार गरेको थियो।

तर, मन्त्रालयले प्रक्रिया पुर्‍याएर मात्रै सुकुम्बासी समस्या समाधान गर्ने जवाफ पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077