Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीको स्थायी कमिटी बैठकमा अग्नि सापकोटा पनि सहभागी

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सहभागी भएका छन्।

पूर्वसभामुख सापकोटा अहिले पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा सहभागी भएका हुन्।

हालसम्म उनी स्थायी कमिटीमा छैनन् । आजको बैठकमा सापकोटा अघिल्लो पंतिमा बसेका छन् ।

उनलाई आजको बैठकले महराभन्दा तल्लो वरियतामा राखेर पार्टी उपाध्यक्षसहित प्रवक्ताको जिम्मेवारी दिने अध्यक्ष प्रचण्डको तयारी छ।

बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मितिसमेत तोक्नेछ । निर्वाचनपछि पहिलोपटक स्थायी कमिटी बैठक बस्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077