Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

चुनावको प्रारम्भिक समीक्षा, केन्द्रीय समिति बैठक आह्वान र जिम्मेवारी बाँडफाँट लगायतका विषयमा छलफल हुने जनाईएको छ ।

स्थायी कमिटीमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे पनि छलफल हुनेछ । यस्तै आजको बैठकले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने तयारीसमेत गरेको छ ।

बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मितिसमेत तोक्नेछ । बैठकमा सहभागी हुन स्थायी कमिटीका नेताहरु पेरिसडाँडा पुगिसकेका छन्।

निर्वाचनपछि पहिलोपटक स्थायी कमिटी बैठक बस्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077