Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • बाबर आजम बने दोस्रो पटक ‘ओडीआई वर्ष खेलाडी’

    बाबर आजम बने दोस्रो पटक ‘ओडीआई वर्ष खेलाडी’

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 609
    SHARES

    एजेन्सी । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम आईसीसीको ओडीआईतर्फ २०२२को वर्ष खेलाडी घोषित भएका छन् । आजम बाबर लगातार दोस्रो पटक आईसीसीको ओडीआई वर्ष खेलाडी घोषित भएका हुन्।

    उनी अघिल्लो वर्षपनि ओडीआई वर्ष खेलाडी घोषित भएका थिए । यसअघि बाबरकै कप्तानीमा आईसीसीले ‘ओडीआई टिम आफ दी इयर’ सार्वजानिक गरेको थियो ।



    बाबरको २०२१ सिजन जत्ति स्मरणीय थियो त्यत्तिनै २०२२ पनि, पछिल्लो समय टी–२० क्रिकेटमा उल्लेख्य प्रदर्शन गर्न नसकेपनि उनी एकदिवसिय वरियतामा लामो समयदेखि शिर्ष स्थानमा रहेका छन् ।



    बाबरले २०२२मा ९ वटा मात्रै एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेपनि ८४.८७ को औसत र तीन सतकसहित ६ सय ७९ जोड्दै स्मरणिय बनाएका थिए ।

    यस्तै, भारतका सूर्यकुमार यादवले आईसीसी टी–२० वर्ष खेलाडीको अवार्ड जितेका छन् । सूर्यकुमारले ३१ खेलमा १८७।४३ को स्ट्राइक रेट र ४६.५६ को औसतमा ११ सय ६४ रन जोडेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार