Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

    बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 549
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहिबार दुई नेताबीच भेटवार्ता भएको हो । दुई दिनअघि पनि ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो ।



    भेटका क्रममा निकट भविष्यमा हुने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ ।



    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका समसामयिक विषयमा दुई नेताबीच छलफल हुने बताइएको छ ।

    राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको लागि बुधबार सत्तारुढ दलको साझा उम्मेदवार रोल्पाका एमालेले कुमार दसौदी र नेपाली कांग्रेसले माधवप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ। लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार