Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीको स्थायी समिति बैठक दिउँसो २ बजेका लागि सर्‍यो

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भनिए पनि दिउँसो २ बजेका लागि सरेको हो।

बैठकमा पार्टी सङ्गठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा पनि छलफल हुने छ ।

आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने छ।

बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077