Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • परराष्ट्रमन्त्री पौड्याल र ईयू प्रतिनिधिमण्डलबीच भेटवार्ता

    परराष्ट्रमन्त्री पौड्याल र ईयू प्रतिनिधिमण्डलबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 720
    SHARES

    काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौड्याल र युरोपियन युनियनको प्रतिनिधिमण्डलबीच बुधबार भेटवार्ता भएको छ ।

    नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजको नेतृत्वमा नेपालका लागि फ्रान्स, फिनल्यान्ड र जर्मनीका राजदुतको समेत सहभागितामा बुधाबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेट भएको हो ।



    परराष्ट्र मन्त्रालयका अनुसार उक्त भेटमा आपसी हितका विविध विकास सहयोगका विषयमा छलफल भएको थियो ।



    परराष्ट्रमन्त्रीमा नवनियुक्त भएपछि मन्त्री पौड्यालले विभिन्न मुलुकका कूटनीतिज्ञहरूसँग भेट गर्दै आएकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार