काठमाडौं । रक्षामन्त्री श्री हरिप्रसाद उप्रेती र प्रधान सेनापति प्रभुराम शर्माले निर्माणाधिन काठमाडौं–तराई–मधेस द्रुतमार्गको संयुक्त भ्रमण गरेका छन् ।
आज (बुधबार) रक्षामन्त्री र प्रधान सेनापतिले उक्त मार्गको आयोजनाअन्तर्गत विभिन्न स्थानको स्थलगत निरीक्षण भ्रमण गरेका हुन् ।
भ्रमणको दौरान उनीहरूले आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिएका छन् । यसका साथै महादेवटार सुरुङ्ग मार्गको इनलेट, लेनडाँडा सुरुङ्ग मार्गको आउटलेट तथा उक्त आयोजनाअन्तर्गत निर्माणाधिन सडक तथा पुलको निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा रक्षामन्त्री उप्रेतीले जटिल भू–बनोटमा समेत आधुनिक उपकरणहरुको प्रयोग गरी भईरहेका कार्यको प्रशंसा गरे । उनले उक्त कार्यलाई थप द्रुतगतिमा सञ्चालन गर्न रक्षा मन्त्रालयको तर्फबाट आवश्यक समन्वय एवं सहजीकरण गरिने उल्लेख गरे ।
Leave a Reply