Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • मन्त्रिपरिषद् निर्णय : कर नतिर्ने क्रसरलाई असारसम्मको समय, अवैध क्रसर बन्द

    मन्त्रिपरिषद् निर्णय : कर नतिर्ने क्रसरलाई असारसम्मको समय, अवैध क्रसर बन्द

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 792
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले देशभरका अवैध क्रसर उद्योगलाई दर्ता, नवीकरण र कर तिरेर वैधानिक हुन आगामी असार मसान्तसम्मको समय दिएको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । क्रसर उद्योग संचालनमा नआए विकास निर्माणमा प्रभाव पर्ने भन्दै अवैधलाई बन्द गर्ने तर दर्ता भएर पनि कर नतिरेका छन् भने सर्तसहित संचालन गर्न दिइने भएको छ ।



    दर्ता नभइ सञ्चालित देशभरका क्रसर उद्योग गृहमन्त्रालयको निर्देशनमा बन्द भएका छन् ।



    गृह मन्त्रालयले पुस तेस्रो साता देशभर सञ्चालनमा रहेका अवैध क्रसर बन्द गराउन सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार