Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयल निगमले भन्यो – बोतल र जर्किनमा पेट्रोलियम पदार्थको बिक्री नगर्नू

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खुला रुपमा नबेच्न आग्रह गरेको छ ।

निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको हो ।

निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अति प्रज्वलनशील पेट्रोलियम पदार्थ खुल्ला रुपमा बोतल, जर्किन लगायतका भाँडामा बिक्री वितरण, असुरक्षित ओसारपसार तथा घर, पसलमा भण्डारण गर्दा आगलागी र मानवीय एवं भौतिक क्षति समेत हुने संवेदनशील विषय भएकोले पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्नुरनगराउनु हुन सूचित गरिन्छ।'

मंगलबार संसद् भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले पेट्रोल छर्केर आत्मदाह गरेपछि निगमले खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरणमा रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077