Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभा उपनिर्वाचनमा नागरिक उन्मुक्तिबाट राजेन्द्रवीर रायले गरे मनोनयन दर्ता

दाङ । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले पनि उम्मदवारी दिएको छ । नागरिक उन्मुक्तिका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिएका हुन् ।

उनको उम्मेदवारी दर्ताका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि प्रदेश निर्वाचन कार्यालय दाङमा आएकी थिइन् ।

सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिएका छन् । तर सत्ता गठबन्धनमै रहेको नागरिक उन्मुक्तिले भने छुट्टै उम्मेदवारी दिएको हो ।

नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गरेका छन् ।

उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077