Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • खोटाङमा यात्रुबहाक बस दुर्घटना हुँदा सात जना घाइते

    खोटाङमा यात्रुबहाक बस दुर्घटना हुँदा सात जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 600
    SHARES

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

    काँकडभिट्टाबाट दिक्तेल जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५०८ नम्बरको बस बुधबार बिहान नुनथलामा दुर्घटना भएको हो ।



    दुर्घटनामा झापा मेचीनगरपालिका–७ का बस चालक ३६ वर्षीय स्ट्रङ राई, मोरङ पथरी नगरपालिका–५ का २९ वर्षीय अमृत पाण्डे, बेलबारी नगरपालिका–१ का २५ वर्षीय किशोर लिम्बु,



    खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका ४० वर्षीय नरबहादुर खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाडाँका २५ वर्षीय कुबिर दाहाल,

    उक्त नगरपालिका–१ दिक्तेलका २५ वर्षीय सरोज विश्वकर्मा र २८ वर्षीय हिनराज खतिवडा घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    गाडीमा चालक सहित १९ यात्रु सवार थिए ।महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय नजिकै दुर्घटना भएको बसमा सवार घाइते यात्रुहरूलाई जिल्ला अस्पताल दिक्तेलमा उपचारका लागि लगिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार