Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • गृहमन्त्री लामिछाने विरूद्धको मुद्दामा अन्तिम सुनुवाइ जारी

    गृहमन्त्री लामिछाने विरूद्धको मुद्दामा अन्तिम सुनुवाइ जारी

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 759
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु भएको छ ।

    कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो ।



    सर्वोच्च अदालतको संवैधानिक इजलासले यो मुद्दाको अन्तिम सुनुवाइ गरिरहेको छ। लामिछानेविरूद्ध अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुन: पुरानै नागरिकताको प्रयोग गरेको भन्दै मुद्दा परेको हो।



    साथै अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ। यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न भनेको थियो ।

    उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार