Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘गरिखान देऊ’ भन्दै काठमाडौं महानगर अगाडि अटो व्यवसायी आन्दोलित

काठमाडौं । काठमाडौं महानगरपालिका अगाडि अटो व्यवसायीहरूले प्रदर्शन गरेका छन्।

बुधबार बिहान कुलेश्वर अटो व्यवसाय संघको संयोजकत्‍वमा व्यवसायीहरूले आन्दोलन गरेका हुन् ।

उनीहरूले आफ्नो पसल अगाडि एक मिनेट पनि सवारी रोक्न नदिएको भन्दै महानगरपालिकाको केन्द्रीय कार्यालयमा चर्को नाराबाजी गरेका छन् ।

‘काठमाडौं महानगरपालिका गरि खान देऊ’, ‘ट्राफिक आतंक बन्द गर’भन्दै नाराबाजी समेत गरेका थिए ।

अहिले प्रदर्शनमा रहेका केही प्रतिनिधि छलफलका लागि महानगरपालिका गएका छन्।

उनीहरूको ट्राफिक प्रहरी महाशाखा रामशाह पथमा समेत विरोध गर्ने कार्यक्रम रहेको छ ।

उनीहरूले ट्राफिक आतंक पनि बन्द गर्न भन्दै नाराबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077