Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक बस्दै

सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक आज दिउँसो बस्ने भएको हो ।

हिजो (मंगलबार) सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच मन्त्रालय बाँडफाँडको विषय टुंगो लागेसँगै आज मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

माओवादी केन्द्र र एमालेको भागमा परेको मन्त्रालयमा मन्त्रीहरू आजै नियुक्ति तथा शपथ ग्रहण गर्ने भएकोले मन्त्रिपरिषद्को बैठकको आह्वान गरिएको माओवादी केन्द्र कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077