Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपकराजले समर्थनमा लेख्दा पनि बालेनलाई पचेन, भन्छन् - बालेनहरु कति जना छन् ?

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले अभिनेता दीपकराज गिरीलाई प्रतिप्रश्न गरेका छन् ।

मंगलबार दिउँसो गृहमन्त्री रवि लामिछाने र काठमाडौंका मेयर बालेनको समर्थन गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए । तर मेयर बालेनले आक्रोशित भाव व्यक्त गर्दै प्रतिप्रश्न गरेका हुन् ।

दीपकराजले लेखेका थिए, ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई विश्वास गर्यौं । अब रवि, बालेनहरु आएका छन् । उनीहरुलाई कमसेकम ५ वर्ष त विश्वास गरौं ।’

यो स्टाटसमा बालेनले अहंकारयुक्त प्रतिक्रिया दिएका हुन् । प्रतिक्रियामा मेयर बालेनले लेखेका छन्, ‘बालेनहरु भनेको कतिजना हो ? बालेन जस्तै अरु पनि छन् ? छन भने किन ५ वर्ष कुर्नु ?’

बालेनको जवाफलाई लिएर धेरैले आलोचना गरेका छन् । यसअघि चलचित्र निर्देशक विशाल भण्डारीसँग मेयर बालेनको जुहारी नै चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077