Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजनैतिक निर्णयको आधारमा रेशम रिहा हुँदैनन्, सर्वदलीय सहमति भएको छैन् : कानूनमन्त्री प्रधान

रुपन्देही । कानून न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहाको विषयमा सर्वदलीय सहमति नभएको बताएका छन् ।

मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पश्चिम नवलपरासी आएका मन्त्री प्रधानले परासीमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

उनले जेलमा रहेका चौधरी राजनैतिक निर्णयको आधारमा रिहा नहुने स्पष्ट पारे । नेता चौधरीको मुद्दा कानूनअनुसार नै टुंगिनु पर्नेमा उनको जोड छ ।

मन्त्री प्रधानले थुनामा रहेका सबैको हकमा एकै प्रकारको व्यवहार हुनुपर्ने विषयमा राजनैतिक दलहरु एकमत रहेकाले अन्यथा विश्लेषण गर्न नहुने बताए । तर यता सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका चौधरी रिहाई गरिनु पर्ने अडान लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077