Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सरकारमा बसेर संघीयताविरुद्ध बोल्ने छुट कसैलाई छैन : प्रधानमन्त्री प्रचण्ड

    सरकारमा बसेर संघीयताविरुद्ध बोल्ने छुट कसैलाई छैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 936
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताविरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका छन् ।

    राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रदेशमा मन्त्रीहरु बढाउँदै लैजानाले संघीयताप्रति असन्तुष्टि बढेको बताएका हुन् ।



    उनले मन्त्रिपरिषद्मा बसेर वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको विरुद्धमा बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्न आफू गम्भीर भएको बताए ।



    उनले भने, ‘प्रदेशमा मन्त्री र खर्च बढाउँदै लैजाने जस्तो क्रियाकलाप विगतमा देखियो । त्यसले प्रदेशको कारणले खर्चमात्रै बढ्यो भन्नेहरुलाई मलजल गरेको छ ।’

    उनले आफू नेतृत्वको सरकार आएपछि १० प्रतिशतभन्दा बढी मन्त्री नबनाउने प्रतिबद्धताका साथ मन्त्रालय घटाउन लागेको बताए ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘एउटा मन्त्री घटाउँदा करोडौं बचत हुन्छ । यो सरकारका साझेदारहरुमा सर्वसम्मत बनाएर नै मन्त्रालय घटाएर प्रदेशको खर्च घटाउने र विकासका काम र ऐनलाई अगाडि बढाएर जनताले देख्ने र बुझ्नेगरी गति दिन लागेका छौं।’

    उनले मन्त्रिपरिषदमा बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने छुट कसैलाई नभएकोसमेत बताए । जनताको आन्दोलनको बलमा उठेका विषयलाई संविधानमा संस्थागत गरिएकोसमेत उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार