Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • गृहमन्त्री लामिछानेले भने – विगतमा सत्ता सम्हालेका दलहरुले राज्य संयन्त्रलाई थिलथिलो पारे

    गृहमन्त्री लामिछानेले भने – विगतमा सत्ता सम्हालेका दलहरुले राज्य संयन्त्रलाई थिलथिलो पारे

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 678
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरु विगतमा सत्ता सम्हालेका दललहरुले थिलथिलो पारेको आरोप लगाएका छन् ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख र उपसभामुखलाई बधाई दिँदै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    गृहमन्त्री लामिछानेले यसअघि सत्ता सञ्चालन गर्ने दलहरूले राज्यका संयन्त्रलाई थिलथिलो बनाएर छाडेका कारण परिणाम ल्याउन केही समय लागेको बताए ।



    उनले भने, ‘राज्यका संयन्त्रहरूलाई थिलथिलो बनाएर छोडिएको छ । काम गर्नेहरूलाई कानुनको पालना गर्नेभन्दा पनि आदेश पालना गराउने गरी यति निरीह बनाएर राखिएको छ ।’

    उनले जिल्लामा प्रमुख जिल्ला अधिकारी र डिएसपीमा आफ्नो मान्छे सिफारिस गर्ने काम छोडेर प्रणाली सुधारमा सघाउन आग्रह गरे ।

    लामिछानेले संसदको बहस पट्यारलाग्दो भएको भन्दै विषयमा केन्द्रित हुन पनि सांसदहरूलाई सुझाव दिएका छन्। गृह प्रशासनमा केही दिनभित्रै परिणाम देखिने दाबी लामिछानेले गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार