Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तीन कारण प्रस्तुत गर्दै रामचन्द्र पौडेलले गरे राष्ट्रिय सहमतिका लागि आह्वान

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा राष्ट्रिय सहमतिको आवश्यक रहेको भन्दै आह्वान गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै पौडेलले राष्ट्रिय सहमतिका लागि विशेषगरी तीन कारण रहेको बताएका हुन् ।

विशेषगरी देशको कमसल आर्थिक अवस्थालाई अन्त्य गर्न, भूराजनीतिक दबाबको सामना गर्न र शान्तिप्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले राष्ट्रिय सहमतिको आह्वानलार्ई आफ्नो व्यक्तिगत स्वार्थसँग नहेरिदिन पनि आग्रह गरे ।

भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएकोले यसको सामना गर्न राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले देशमा राष्ट्रिय नेतृत्व र आत्मविश्वासको समेत अभाव रहेको आफूले महसुस गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077