Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • एमाले सांसद कोइरी दोषी हुन् भने पक्रनुहोस्‚ नेताहरूबाट बाधा हुन्न : रघुवीर महासेठ

    एमाले सांसद कोइरी दोषी हुन् भने पक्रनुहोस्‚ नेताहरूबाट बाधा हुन्न : रघुवीर महासेठ

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 954
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न चुनौती दिएका छन्।

    संसदको आजको बैठकमा बोल्दै महासेठले महतो आफ्नो पार्टीको सम्पर्कमा नरहेको भन्दै गृह प्रशासनलाई पक्राउ गर्न चुनौती दिएका हुन् । पहिलाको सरकारले महतोलाई समात्ने काम किन गरेन भन्दै उनले उल्टै प्रश्न गरे।



    महासेठले सोधे, ‘साँच्चै नै लक्ष्मी महतो अपराधी नै हो त । अपराधी हो भने वर्तमान सरकार लक्ष्मी महतोलाई सम्मानित र प्रतिष्ठित पदकबाट सरकारले सिफारिस गरेर किन दिएको । त्यो बेला अपराध हेर्नुभएन ? पहिलेको सरकारले लक्ष्मी महतोको मुद्दा आजको होइन। सात वर्षभन्दा बढी भइसक्यो असईका हत्या भएको।’



    लक्ष्मी महतो हाम्रो पार्टीको सम्पर्कमा नभएको भन्दै उनले प्रहरीले हिरासतमा लिएको भए सार्वजनिक गर्नु पनि माग गरे। सांसद महतोलाई पक्राउ गर्न एमालेको कुनै पनि नेताहरूबाट बाधा अवरोध नआउने पनि उनले बताए।

    अदालतले लक्ष्मी महतोलाई अपराधी नभनेकाले उनी दोषी नभएको उनले बताए। लक्ष्मी महतो पनि प्रधानमन्त्री बन्न सक्ने भएकाले उनलाई दोषी करार नगर्न महासेठले आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार