Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रभु हेलिकप्टरका सबै उडानमा प्राधिकरणले रोक लगायो

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को निर्णय नआउन्जेलसम्म प्रभु हेलिकप्टरको सम्पूर्ण उडानमा रोक लगाएको छ।

गत माघ ५ गते अनुमतिबिना स्याङजा जिल्लाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै प्राधिकरणले कम्पनीका सबै उडानमा रोक लगाएको हो।

प्राधिकारणको नियम तथा सो कम्पनीको कार्यविधि विपरित मानिसको भेला भएको ठाउँमा अवतरण गरेको भन्दै पाइलटसँगै प्रभु हेलिकप्टरलाई उडानमा रोक एक अधिकारीले जानकारी दिए।

प्राधिकरणले अर्को आदेश नभएसम्मका लागि उक्त हेलिकप्टरको पाइलटलाई उडानमा रोक लगाएको छ। प्राधिकारणले थप छानबिन गरिरहेको र अर्को निर्णय नभएसम्म सबै उडानमा रोक लगाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077