Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि र बालेनलाई पाँच वर्ष विश्वास गर्न दीपकराजको आग्रह

काठमाडौं । अभिनेता दीपकराज गिरी सामाजिक सञ्जालमा प्राय: सक्रिय हुन्छन्। उनी समसामयिक विषय र मुद्दामा आफ्ना धारणा फेसबुकमार्फत् व्यक्त गरिहाल्छन्।

मंगलबार गिरीले फेसबुकमा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन केन्द्रित स्टाटस लेखे।

उनले अब ५ वर्ष उनीहरूलाई विश्वास गरिदिन आग्रह गरेका छन्।

‘हामीले कांग्रेस, एमाले र माओवादीलाई वर्षौं विश्वास गर्‍यौं। अब रवि बालेनहरू आएका छन्। उनीहरूलाई कमसेकम ५ वर्ष त विश्वास गरौं,’ गिरीले लेखेका छन्।

दुवै नेताको यतिबेला आलोचना  भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077