Online Nepal
  • बुधबार, १० पुष २०८१
  • साढे ९ लाख नगद र मदिरासहित यसरी अख्तियारको फन्दामा परे नागरिक उड्डयनका प्रबन्धक

    साढे ९ लाख नगद र मदिरासहित यसरी अख्तियारको फन्दामा परे नागरिक उड्डयनका प्रबन्धक

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 825
    SHARES

    काठमाडौं । त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिलन व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडाल घुससहित पक्राउ परेका छन् । उनलाई त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिनलको कार्यकक्षबाटै स्रोत नखुलेको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

    अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनलाई एक लाख ५० हजार घुस लिइसके पश्चात श्रोत नखुलेको नगद आठ लाखसहित विभिन ब्राण्डका ९ बोतल मदिरासहित नियन्त्रणमा लिइएको हो । उनको कार्यकक्षमा बिहान कार्यालय समय सुरु हुनासाथ अख्तियारको टोली पुग्यो ।



    दिनभर उनको कार्यकक्षमा टोलीले अनुसन्धान गरेर दिउँसो झापा बाह्रदसी गाउँपालिका वडा नम्बर ६ रुप्चनवाडी, कन्काई नगरपालिका ९ घर भई हाल कामाडौं महानरपालिका ९ सिनामंगल बस्ने चुँडाललाई नियन्त्रणमा लिएको प्रवक्ता भण्डारीले बताए ।



    प्रवक्ता भण्डारीका अनुसार विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्ने पास मिलाएर सजिलो बनाइदिएको भन्दै चुडालविरुद्ध उजुरी परेको थियो । त्यस्तो सहजीकरण गरेबापत चुडालले मासिक १० हजारका दरले घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

    उनले ०७८ कात्तिकदेखि प्रतिमहिना १० हजारका दरले १५ महिनाको एकमुष्ठ डेढ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार स्रोतले बतायो । घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै अख्तियार टोलीले उनलाई पक्राउ गरेको हो ।

    कार्यकक्षभित्र रहेको स्टिलको दराजबाट स्रोत नखुलेको आठ लाख रुपैयाँ रकम र पाँच बोतल ब्ल्याक लेवल, एक बोतल डबल ब्ल्याक लेवल, चिभास रिगल, ग्लेनफिडिक, गोर्खाज एण्ड गन्स गरी नौ बोतल मदिरा, चार थान मोवाइल फोन पनि बरामद गरिएको अख्तियार प्रवक्ता भण्डारीले जानकारी दिए । उनीमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार