Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस युक्रेनमा, जेलेन्स्कीले गरे स्वागत

एजेन्सी । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन युक्रेन भ्रमणमा गएका छन् । उनले राजधानी किभका विभिन्न क्षेत्रको भ्रमण गरेका हुन् ।

आइतबार उनले सहरको बाहिरी भागको भ्रमण गरेका थिए । उनी किभ पुग्दा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की र केही मन्त्रीहरूले उनलाई स्वागत गरेका थिए ।

कन्जरभेटिभ पार्टीका सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री जोनसनले राष्ट्रपति जेलेन्स्कीको निमन्त्रणामा युक्रेन भ्रमण गर्न पाउनु आफ्नो सौभाग्य भएको बताएका छन् ।

बोरिस जोनसनले राजधानी किभको उत्तरपश्चिममा रहेको बुचा र बोरोडिका सहरहरूको पनि भ्रमण गरेका थिए। जुन गत वर्ष मार्चमा रूसी सेनाले कब्जा गरेका थिए। यहाँ कयौं सर्वसाधारणले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077