Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • पार्टीको जिम्मेवारीबाट अलग भएको उपसभामुख इन्दिराको घ‍ोषणा

    पार्टीको जिम्मेवारीबाट अलग भएको उपसभामुख इन्दिराको घ‍ोषणा

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 546
    SHARES

    काठमाडौं । उपसभामुख इन्दिरा रानाले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । एक विज्ञप्ति जारी गर्दै रानाले आफू पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्।

    माघ ७ गते भएको उपसभामुखको निर्वाचनमा राना सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्दै निर्वाचित भएकी थिइन्।



    उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि उक्त पदमा रहुन्जेल उनी पार्टीको सबै राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।



    ‘मिति २०७९ साल ७ गते प्रतिनिधिसभाको सउपभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध रहेको राष्ट्रिय स्वपतन्त्र पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु।’ रानाले विज्ञप्तिमा उल्लेख गरेकी छिन्।

    उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार