झापा । उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापामा स्वर्णीम युगको सुरूवात भएको बताएका छन् ।
८५९ औँ सोनाम ल्होछारको अवसरमा आज झापाको भद्रपुर नगरपालिका–२ कमलधापस्थित संयुक्त धार्मिकस्थलमा पद्मछोयोलिङ गुम्बाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला पुगेका उनले अहिलेसम्म पछि परेको क्षेत्रमा विकासको युग सुरूवात भएको बताए ।
उनले झापा क्षेत्र नं ३ को विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।