Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावलमाथि कारबाही गर्न माग, पार्टीलाई चुनाव हराउन भूमिका खेलेको आरोप

कैलाली । नेकपा एमालेका नेता भीम रावलमाथि कारबाही गर्न माग गरिएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालका अछाम जिल्ला कमिटी अध्यक्ष हेमन्त बिसीले रावलले पार्टीलाई चुनाव हराउन भूमिका खेलेको भन्दै कारबाहीको माग गरेका हुन् ।

आइतबार धनगढीमा भएको राष्ट्रिय युवा सङ्घ सुदूरपश्चिमको दोस्रो पूर्ण बैठक र शपथ ग्रहण कार्यक्रममा बोल्दै बिसीले नेता रावलकै कारण अछाममा सङ्गठन छिन्नभिन्न हुने अवस्थामा पुगेको आरोप समेत लगाएका छन् ।

बिसीले रावलकै कारण राष्ट्रिय युवा संघका युवाहरूमा एकता हुन नसकेकाले कारबाही गरेमा एकता कायम हुने दाबी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077