Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कैलालीबाट दुई क्वीन्टल चिनीसहितका विभिन्न सामान बरामद

    कैलालीबाट दुई क्वीन्टल चिनीसहितका विभिन्न सामान बरामद

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 921
    SHARES

    फाइल तस्विर

    धनगढी । कैलाली प्रहरीले भारतबाट अवैध रुपमा ल्याइरहेको चिनीसहितका विभिन्न सामान बरामद गरेको छ ।

    धनगढी उपमहानगरपालिका–२ को त्रिनगर भन्सारबाट दुई क्वीन्टल चिनी, १२ वटा ब्याट्री, प्लाष्टिकको झिल्ली लगायतका अवैध सामान बरामद गरिएको हो ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१ को त्रिवेणी घाटबाट स्थानीय बिशाल थापाले चलाएको से।१ प। ४१४३ नम्बरको स्कुटीमा भारतबाट ल्याउदै गरेको अवस्थामा खुर्सानी लगायतका सामान पनि बरामद गरिएको छ ।



    टीकापुर नगरपालिका–८ को झुंगास्थित भित्री सडक खण्डमा ३५ प्याकेट सुर्ती, बिडी, चकलेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

    भजनी नगरपालिका ७ को हिम्मतपुरस्थित हुलाकी सडक खण्डमा सोही ठाउँका कल्लु चौधरीले भारतबाट अवैध रुपमा ल्याउदै गरेका दुई राँगा र कैलारी गाउपालिका ५ पुरानो मलिका टोलमा सोमै चौधरी र भजनी नगरपालिका ३ बस्ने जाहिर अलीले भजनीबाट हसुलिया तर्फ ल्यादै गरेका दुई राँगा पनि नियन्त्रणमा लिइएको छ ।

    बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि सम्बन्धित भन्सार कार्यालयको जिम्मा लगाइएको प्हरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार