Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – नेपालको राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढ्यो

    प्रधानमन्त्री प्रचण्डले भने – नेपालको राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढ्यो

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 576
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढेको बताएका छन् ।

    आइतबार टुँडिखेलमा खायोजित सोनाम ल्होछार समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।



    प्रचण्डले भने, ‘आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जर्गेना हुन नदिने एउटा चेष्टा भइरहेको छ ।



    एकातिर सामान्ती एकतात्मकताको हस्तक्षेपविरुद्धको लडाइँ अझैं जारी छ भने अर्कोतिर बैदेशिक सांस्कृति हस्तक्षेपका कारणले पनि हामी नयाँ परिस्थितिमा छौं।’

    विगतमा ‘सामन्ती, एकात्मक र अधिनायकवादी शासन’बाट नेपालभित्रै रहेका जातजातीय, भाषा र संस्कृतिमाथि दमन भएको समेत उनको भनाइ छ ।

    नेपालको राष्ट्रिय संस्कृतिको जर्गेना गर्ने दायित्व सबैमा आएको प्रधानमन्त्री प्रचण्डले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार