काठमाडौं । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलको निधन भएको छ।
काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा गएराति साढे ८ बजे उनको निधन भएको हो ।
घाँटीको क्यान्सरबाट पीडित बलको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको थियो।
उनी ०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट जनप्रतिनिधिमा विजयी भएकी थिइन्।
बलका पति, तीनवटी छोरी र एउटा छोरा छन् ।
Leave a Reply