Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति एल्ड्रिनले गरे ९३ औं जन्मदिनमा चौथो विहे

    चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति एल्ड्रिनले गरे ९३ औं जन्मदिनमा चौथो विहे

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 846
    SHARES

    एजेन्सी । चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३औं जन्मदिनमा शुक्रबार प्रेमिकासँग विवाह गरेका छन् ।

    अल्ड्रिन र बज एल्ड्रिन भेन्चर्सका कार्यकारी उपाध्यक्ष एन्का फौरले विवाह गरेका हुन् ।



    ‘मेरो ९३औं जन्मदिनमा मेरो लामो समयदेखिको प्रेम डा. एन्का फाउर र मैले विवाहिक सम्बन्धको गाँठो कसेका छौं,’ एल्ड्रिनले आफ्नो र ६३ वर्षीय फौरको तस्बिरसहित ट्वीट गरेका छन्।



    उनले भनेका छन्, ‘हामी लस एन्जलसमा एक सानो निजी समारोहमा पवित्र विवाहमा सामेल भयौं। हामी प्रेमपछि भागी विवाह गर्ने किशोरहरू जत्तिकै उत्साहित छौं।’

    एल्ड्रिन अमेरिकी अन्तरिक्ष यात्री अपोलो ११ अभियानको अन्तिम जीवित सदस्य हुन्। उनी र नील आर्मस्ट्रङ्गले जुलाई २०, १९६९ मा चन्द्रमामा पाइला टेकेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार