काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकताका लागि आ-आफ्नो पार्टीमा ठोस प्रस्ताव तयार पार्ने सहमति भएको छ ।
दुई पार्टीका वार्ता टोलीबीच तीन महत्त्वपूर्ण विषयहरूमा सहमति भएको हो ।
दुवै पार्टीका वार्ता टोलीबीच भएको पहिलो छलफलपछि दुवै पार्टीको विधान,प्रतिवेदन लगायतका दस्ताबेज आदान प्रदान गर्ने सहमति भएको जनाइएको छ ।
नेसपाले यसअघि नै माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिइसकेको छ । दुवै पार्टीबीच एकताको सहमति भइसकेको छ ।
त्यसै गरी वार्ता टोलीको अर्को बैठक माघ १० गते बस्ने पनि सहमति पनि भएको छ ।