Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • संसदमा सभामुखबाहेक अरु कसैको रुलिङ चल्दैन : राजेन्द्र लिङ्देन

    संसदमा सभामुखबाहेक अरु कसैको रुलिङ चल्दैन : राजेन्द्र लिङ्देन

    संसदमा नउठ्दैमा मधेशका शहीदको अपमान गर्‍यो भन्न पाइँदैन

    अनलाइन नेपाल
  • शनिबार, ७ माघ २०७९
  • 636
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ५ माघमा सांसद सीके राउतले मौन धारण गराउँदा नउठेकै आधारमा मधेश आन्दोलनका शहीदको सम्मान नगरेको भन्न नमिल्ने बताएका छन् ।

    शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा सभामुखबाहेक अरु कसैको रुलिङ नचल्ने बताएका हुन् ।



    उक्त दिन संसदमा बोल्ने क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनका शहीदको सम्झनामा सबैलाई उठेर मौन धारण गर्न आग्रह गरेका थिए ।



    त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहितका कतिपय उठेका थिएनन् । तर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र कतिपय सांसद उठेका थिए ।

    उनले भने, ‘संसदको मर्यादा हुन्छ, उहाँ रुलिङ सभामुखको चल्छ, यति कुरा पनि दोस्रो पटक निर्वाचित भएको मैले बुझिन भने, म भावनामा बगेँ भने संसदमा परम्परामा राम्रो छोड्दैन । कि सभामुखले रुलिङ गर्नुप¥यो । कि मेरो प्रधानमन्त्री उठ्नुपर्‍यो।’

    राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री लिङ्देनले उक्त दिन नउठ्दैमा मधेश आन्दोलाका शहीदको सम्मान नगरेको अर्थ लगाउन नमिल्ने बताए । उपप्रधानमन्त्री लिङ्देनले आफूहरुले संसदीय मर्यादा भंग गर्नु हुँदैन भनेर नउठेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार