काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी अपराधी खोज्ने परम्परा सुरू भएको भन्दै प्रश्न गरेका छन् । शनिबारको प्रतिनिधि सभामा बोल्दै सांसद् खतिवडाले गृह मन्त्रालयले फरार सांसद् पक्रन पत्र काट्नु अनुचित रहेको बताएका हुन् ।
उनले गृहमन्त्रालयले अपराधीलाई पक्राउ गर्नको साटो विज्ञप्तिबाजी गरेर मिडियामा सस्तो लोकप्रियता कमाउन लागि परेको बताए । ‘माननीय सांसद्ले अपराधी चिनाइदिनुपर्ने हो। अपराधी पक्राउ गर्नुको साटो विज्ञप्ति जारी गरेर बसेको छ,’ उनले भने, ‘सदनभित्र हतकडी लिएर आउनु भनेको छौ ररु अपराधी पक्रन भनेका हौँ। सभामुखसँग रुलिङ मागेका हौँ।’
उनले उच्च अदालतले समेत पक्राउ गर्न आदेश गरेको मान्छेलाई किन पक्राउ गर्न नसकेको भन्दै पश्न गरे। ‘गृहमन्त्री अपराधी पक्राउ गर्नभन्दा पनि विज्ञप्ति जारी गरेर मिडियामा सस्तो लोकप्रियतामा लाग्नुभएको छ। अब सांसदहरुले अपराधी चिनाइदिनुपर्ने होरु,’खतिवडाले प्रश्न गरे । यसअघिको संसदमा खतिवडाले हत्या आरोपमा फरार रहेका एमाले सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ नगरेको भन्दै प्रश्न उठाएका थिए ।
सांसद कोइरी सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा फरार अभियुक्त हुन्। त्यसको जवाफमा गृहमन्त्री लामिछानेले विधि पद्धति अनुसार चल्ने बताएका थिए। त्यसैगरी शुक्रबार साँझ गृह मन्त्रालयबाट विज्ञप्ति जारी भएको थियो।
Leave a Reply