Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वैदेशिक रोजगारमा जानेलाई काठमाडौं प्रहरीले भन्यो - ठगी गर्ने गिरोहबाट जोगिनू

काठमाडौं । बैदेशिक रोजगारी तथा अध्ययनका लागि जानेहरूमाथि ठगी भएको गुनासोपछि त्यसबाट जोगिन प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै ठगी गर्ने गिरोहहरूबाट जोगिन अनुरोध गरेको हो ।

ठगी गर्ने गिरोहले ह्वाट्सएप लगायत सामाजिक सञ्जालमा विदेश पठाइने भन्दै विज्ञापन प्रकाशन गर्ने र त्यसमार्फत कुनै पनि व्यक्तिलाई सम्पर्क गर्ने गरेको छ ।

परिसरका अनुसार विदेश पठाइदिने भन्दै गिरोहले पीडित व्यक्तिको राहदानी, नागरिकता लगायत कागजात लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077