Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • सांसद कोइरीलाई पक्राउ गर्न गृहमन्त्री रविको निर्देशन

    सांसद कोइरीलाई पक्राउ गर्न गृहमन्त्री रविको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 828
    SHARES

    काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो । मौखिक आदेश हुँदा पनि सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति उल्लेख छ ।



    महोत्तरी-१ बाट नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता गिरिराजमणी पोखरेललाई हराउँदै कोइरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । महोत्तरी-१ बाट निर्वाचित कोइरी ०७२ को मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् ।



    २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

    उक्त घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो  । तर पुनरावेदनपछि उच्च अदालत जनकपुरले पुनः पक्राउ गर्न आदेश दिएपछि उनी फरार अवस्थामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार