Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • टाइगर प्यालेस रिसोर्टले मिचेको सार्वजनिक जग्गा खाली गर्न अदालतको आदेश

    टाइगर प्यालेस रिसोर्टले मिचेको सार्वजनिक जग्गा खाली गर्न अदालतको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 771
    SHARES

    रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्टले सार्वजनिक जग्गा मिचेको अदालले ठहर गरेको छ ।

    जिल्ला अदालत रुपन्देहीका न्यायधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले जग्गा खाली गर्न जिल्ला अदालत रुपन्देहीले आदेश दिएको हो ।



    तिलोत्तमा नगरपालिकामा रहेको करिव २३ कठ्ठा सार्वजनिक जग्गा, राजकुलो तथा सार्वजनिक कुलो मिचेर रिसोर्ट बनाइएको र त्यसलाई खाली गरी उक्त जग्गा पुनः सार्वजनिक प्रयोगमा ल्याउन माग गर्दै स्थानीयले मुद्धा दायर गरेका थिए ।



    लुम्बिनी नलकुपजल उपभोक्ता संघ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले र टेकराज पौडेलले टाइगर प्यालेस सञ्चालक कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रा.लि विरुद्ध मुद्दा दायर गरेका थिए ।

    सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेकोले खाली गर्न भन्दै स्थानीयले दिएको निवेदन उपर बादी दाबी पुग्ने आदेश गरेको जिल्ला अदालत रुपन्देहीले जनाएको छ । सो मुद्दा फैसला भएको र पूर्णपाठ आउन बाँकी छ ।

    हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिले सञ्चालन गरेको रिसोर्ट १५ बिगाह क्षेत्रफलमा फैलिएको रिसोर्टले २ बिगाह ३ कठ्ठा सरकारी सार्वजनिक जग्गा मिचेर दर्जनौं संरचना बनाएको स्थानीयले विरोध गर्दै आएका थिए । सिल्भर हेरिटेजले भैरहवामा २०७४ देखि रिसोर्ट सञ्चालनमा ल्याएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार