Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • कांग्रेसकी मुक्ताकुमारी यादवले दिइन् उपसभामुखमा उम्मेदवारी

    कांग्रेसकी मुक्ताकुमारी यादवले दिइन् उपसभामुखमा उम्मेदवारी

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 972
    SHARES

    काठमाडौं । कांग्रेस सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् । आज संघीय संसद भवन परिसरमा पुगेर उनले उपसभामुखमा उम्मेदवारी दिएकी हुन्।

    उनको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्।



    कांग्रेसले नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चालगायत दलहरूसँग छलफल गरी उपसभामुखमा उम्मेदवारी दिएको छ।



    कांग्रेसले सभामुखमा पनि यसअघि उम्मेदवारी दिएको थियो। बिहीबार भएको सभामुख निर्वाचनमा एमाले सांसद देवराज घिमिरे निर्वाचित हुँदा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने पराजित भइन्।

    साथै सत्ता गठबन्धनबाट भने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दिएकी छन्। शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार