काठमाडौं । नेपाली कांग्रेससहितका दलका तर्फबाट उपसभामुखमा मुक्ता यादवको उमेदवारी दर्ताको तयारी भएको छ ।
अपराह्न साढे ३ बजे मुक्ताको उमेदवारी दर्ता गर्ने तयारी भएको छ ।
कांग्रेस मुख्य सचेतक रमेश लेखकका अनुसार यादवको प्रस्तावकमा बद्री पाण्डे बस्नेछन् भने समर्थकमा मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्ला रहनेछन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी यादव समानुपातिक सांसद हुन् । कांग्रेसले सभामुख पदमा पनि महिला उम्मेदवार बनाएको थियो । पार्टीबाट ईश्वरीदेवी न्यौपाने उमेदवार बनेकी थिइन् ।
Leave a Reply