Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावलले भने - एमालेमै क्रियाशील हुन्छु, रोक्न खोजे आफ्नो बाटो खोज्छु

अछाम। नेकपा एमालेका नेता डा.भीम रावलले आफू एमालेमै क्रियाशील रहने बताएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि पहिलो पटक गृहजिल्ला अछाम पुगेका नेता रावलले यस्तो बताएका हुन् ।

नेता रावलले आफूले पार्टीको सिद्धान्त र राष्ट्रहित विपरीतका कुनै कार्य नगरेको दाबी गरे । तर, जबरजस्ती कसैले बाटो रोके आफ्नो बाटो खोज्ने उनले बताए ।

पाँच दशक लामो समयदेखि पार्टी र राष्ट्रहितका लागि आवाज उठाउँदै आएको बताउँदै रावलले आफ्नो रगत र पसिना एमालेमा बगेकोले पार्टीका नीति तथा सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीमा लागिरहने बताए ।

नेता रावलले भने, ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिका कारण पटक पटक देशभक्त व्यक्तिहरुमाथि प्रहार हुँदै आएको छ ।’

रावलले सरकारले गरेका राम्रा कामको सधैँ प्रशंसा गर्ने बताए । आफूले जहिले पनि राष्ट्रको हितमा आवाज उठाएको बताउँदैरावलले देशभक्तिपूर्ण आवाजमा देशभरकानागरिकको साथ रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077